कांग्रेस नेता भन्छन्– गिरिजाप्रसादले भनेको ग्रान्ड डिजाइन यही रैछ

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले सभापति गगन थापालाई ग्रान्ड डिजाइनअन्तर्गत नै निर्वाचनमा सर्लाही लगिएको आशय व्यक्त गरेका छन् । मंगलबार खड्का–कोइराला समूहको बैठकस्थलबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै रायमाझीले गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ग्रान्ड डिजाइन अहिले मुलुकमा प्रयोग भएको टिप्पणी गरेका हुन् ।

‘गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ग्रान्ड डिजाइन कस्तो होला भनेको यही रैछ । डिजाइन गर्ने हो भने यहीँ भित्र गर्ने होला नि त,’ रायमाझीले भने, ‘गगन जीलाई सर्लाही कसले लग्यो चुनाव लडाउन ? हो त्यो डिजाइन हो ।’

निर्वाचन भएको परिस्थिति पनि डिजाइन अनुसारकै रहेको उनले दाबी गरे । ‘निर्वाचन कुन परिस्थितिमा भयो ? सिंहदरबार जलेको छ, सैनिक हेडक्वार्टरमा सरकार बनेको छ, सरकारले चारैतिर सेना चाहेको छ । सेना पहिलो घेरामा बसेको छ । बाकसमा बसेको छ,’ उनले भने ।

आफू निर्वाचन शान्तिपूर्ण भएको भनिएकामा छक्क परिरहेको रायमाझीले बताए । उनले भने, ‘म छक्क पर्छु । शान्तिपूर्ण भयो भनिएको छ, देखिएको शान्तिपूर्ण भएको छ ।’

सेनाको छत्रछायाँमा चुनाव भएको हो कि होइन ? भनेर उनले प्रश्न गरे ।

‘यो विषयमा समीक्षा कतै न कतै हुनुपर्ने त होला नि । सेनाको अधिपत्यता देखिएको थियो कि थिएन ? निर्वाचन आयोगमा, सरकारमा कसको सुप्रिमेसी थियो ?’ उनले भने ।

यो स्थितिबाट देशलाई निकाल्न सबै तयार हुनुपर्ने उनले बताए ।

‘यसका लागि कांग्रेसमा दुवैपक्षका साथीहरू बस्नुपर्ने होला, अधिवेशनमा जानुपर्ने होला, त्यही कुरा अहिले भइरहेको(खड्का–कोइराला समूहको बैठकमा) हो,’ नेता रायमाझीले भने । कांग्रेसले नै मुलुकलाई सम्हालेर लैजानेमा द्विविधा नरहेको उनले बताए ।

डिजाइन देशीविदेशीले गर्ने बताउँदै उनले त्यसबाट आफू सतर्क हुनुपर्ने उनले बताए । ‘चुनाव त सिक्किममा पनि भएको थियो नि,’ उनले भने ।

पत्रकारले ‘विदेशीको डिजाइनमा हो ?’ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘विदेशी छुपेर बसेका छन् यहाँ ? भइरहेकै होला नि । बारबरा फाउन्डेसन भनिरहेकै छन् त । के हो त्यो ?’

नयाँ सरकारका गतिविधि हेर्दैजाँदा हो कि होइन भन्ने विदेशीले बनाएको–नबनाएको थाहा भइहाल्ने उनले टिप्पणी गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार