एमाले सांसदले भने- कर्मचारीतन्त्र खत्तम, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

१७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रुपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । सोमबार कोशी र कर्णालीका सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरे ।

एमाले सांसद ऐनबहादुर महरसहित एमाले सांसदहरूले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका थिए । तर, प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नै नदिएको एक सांसदले जानकारी दिए ।

एमालेका सांसद महरले कर्मचारीतन्त्रका कारण सबै खत्तम भएको भन्दै यसमा सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । त्यसमा बालेनको जवाफ थियो, ‘यसको जड नै तपाईंहरु हो । कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस् ।’

त्यसबाहेक गेटा अस्पताल निर्माणको विषय उठाउँदा प्रधानमन्त्रीले आफू यसको विकासका लागि तयार रहेको बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार