कुवेतमा रोकिएका नेपालीका लागि भैरहवामा चार्टर उडान हुने

कााठमाडौं — कुवेत एयरवेजले कुवेतमा रोकिएका नेपाली यात्रुलाई स्वदेश फर्काउन बुधबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष चार्टर उडान गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार उक्त उडानका लागि अनुमति दिएको हो । प्राधिकरणका अनुसार, यो उडानका लागि कुवेत एयरवेजले बोइङ ७७७–३०० विमान प्रयोग गर्नेछ । ३ सय ३४ यात्रु क्षमताको विमान भैरहवामा पहिलोपटक अवतरण गर्न लागेको हो । 

कुवेतस्थित नेपाली दूतावासको समन्वयमा त्यहाँ रहेका नेपालीहरूको मागअनुसार यो चार्टर उडान सञ्चालन गर्न लागिएको हो । विमान बुधबार दिउँसो ४:४५ बजे भैरहवामा अवतरण गर्ने तालिका रहेको छ । फर्किँदा भने विमान यात्रुबिनै खाली फर्किनेछ ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि नेपाल–कुवेत उडान प्रभावित हुँदै आएको छ । उक्त घटनापछि मंगलबारसम्म नेपाल र कुवेतबीच नियमित उडान रोकिएको ३२औं दिन पुगेको छ ।

काठमाडौंस्थित कुवेत एयरवेजका एक कर्मचारीका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि हालसम्म नियमित उडान पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । वैकल्पिक रूपमा साउदी अरबको दमामबाट काठमाडौँ उडान सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि प्राधिकरणमा अनुमति माग्दै पत्राचारसमेत भइसकेको छ ।

इरानमा भएको आक्रमणपछि कुवेतबाट नेपाल उडान गर्ने कुवेत एयरवेज र जजिरा एयरवेज दुवैले नियमित उडान स्थगित गरेका छन् । कुवेत एयरवेजले साप्ताहिक पाँच उडान तथा जजिराले दुई उडान सञ्चालनको अनुमति पाएका छन् ।

सन् २०२२ अक्टोबर ३१ देखि नेपाल उडान सुरु गरेको कुवेत एयरवेजसँग हाल ३४ विमान छन् । यसले नेपालसहित ५६ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा प्रदान गर्दै आएको छ ।

भैरहवामा यसअघि कतार एयरवेज, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिसकेका छन् । त्यसैगरी नेपालका हिमालय एयरलायन्स र नेपाल एयरलायन्सले पनि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान गरिसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार