कैलालीमा थ्रेसर दुर्घटना: गहुँ दाउने क्रममा एक जना गम्भीर घाइते

धनगढी (कैलाली) मा गहुँ दाउने क्रममा भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

सोमबार साँझ गौरीगंगा नगरपालिका–११, शिवपुरका ४१ वर्षीय गोरख सिंह धामी थ्रेसरमा परेर घाइते भएका हुन्। उनी ट्याक्टरमा जडान गरिएको थ्रेसरमा गहुँ हाल्ने क्रममा अचानक दाहिने हात च्यापिँदा गम्भीर चोट लाग्न पुगेको प्रहरीले जानकारी दिएको छ।

घाइते धामीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनामा प्रयोग भएको थ्रेसर नियन्त्रणमा लिएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार