तीन नयाँ हुलाक टिकटको टाँचा हस्तान्तरण, सञ्चारमन्त्रीले भने- अब स्मार्ट हुलाक

१६ चैत, काठमाडौं । हुलाक सेवा विभागले पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरू प्रचलनमा ल्याएको छ । विभागको स्वीकृत फिलाटेलिक कार्यक्रम अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको हो ।

विभागको कार्यालय बबरमहलमा सोमबार ओजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले तीनवटै हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।

सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले मुलुकको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्र्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पुर्याउन हुलाक सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारको सय बुदे मार्गचित्र अनुरुप कामको गति नयाँ ढंगले बढाउनेगरी कार्ययोजना पेश गर्न विभागलाई निर्देशन दिए । उनले जनतामा आशा जगाउनेगरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गरे ।

मन्त्री डा तिमल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाडो अगाडि बढाउन आग्रह गरे । उनले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ स्प्रीडका साथ सेवा प्रबाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुको पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्न सघाउपुग्ने बताइन् ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया पँगेनी भट्टराईले हुलाक टिकटले अन्तराष्ट्रिय जगतमा नबोल्ने राजदूतको रुपमा महत्वपूर्ण योगदानका गर्ने बताउदैँ हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानहरुको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताइन् ।

सोही अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनालाई विभागकोतर्फबाट स्वागत तथा विभागको कामकारबाहीको बारेमा जानकारी गराइएको थियो ।प्रत्यक्ष सिटसमानुपातिक

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार