ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो

१६ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध गैरकानुनी रुपमा मुद्दा चलाइएको भन्दै दायर प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको हो ।

‌ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले आइतबार छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पेस गरेका थिए ।

गत भदौ २३ र २४ गते भएको घटनामा भएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक चैत १४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

दुवैजनालाई जिल्ला अदालत, काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार