तनहुँमा पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसमा ६ जना पत्रकार पुरस्कृत

दमौली (तनहुँ): नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६ जना पत्रकारलाई पुरस्कार दिइएको छ। दमौलीमा महासङ्घ तनहुँ शाखाले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

पुरस्कार विजेताहरू यसप्रकार छन्:

  • सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार – उज्वल पौडेल
  • भवानी खनाल स्मृति पत्रकारिता पुरस्कार – नारायण खड्का
  • पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार – श्रीहरि पौडेल
  • हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार – राजकुमार श्रेष्ठ (विवि)
  • चिरञ्जीवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार – मिला दरै
  • टीकानिधि ढुङ्गाना स्मृति व्यास–पराशर पत्रकारिता पुरस्कार – ओमकार आचार्य

महासङ्घले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ। सुरज गुरुङ पुरस्कार रु ५ हजारको छ भने अन्य पुरस्कारहरू रु १० हजारको छन्।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र शाखाका अध्यक्ष डिपी अधिकारीले पुरस्कार प्रदान गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार