धनगढी: नेपाल पत्रकार महासंघले आफ्नो ७१औँ स्थापना दिवस मनाइरहेको अवसरमा, मुख्यमन्त्री कमलबहादुर शाहले सबै पत्रकार तथा सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्री शाहले महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्र मजबुद बनाउन खेलेको भूमिका उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि पत्रकारिताले निष्पक्ष, जिम्मेवार र व्यावसायिक मान्यताका साथ आफ्नो योगदान जारी राख्नेमा विश्वास व्यक्त गर्नुभयो।
साथै सञ्चार क्षेत्रमा योगदान पुर्याएका अग्रज र शहीद पत्रकारप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो। शुभकामना सन्देशमा पत्रकारिताको मर्यादा र जिम्मेवारीलाई अझ बलियो बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आग्रह गरिएको छ।




प्रतिक्रिया दिनुहोस्