कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको अबैध पेय पदार्थ र बोईलर कुखुरा बरामद गरिएको छ।
जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८३ हजार ३ सय बराबरको पेय पदार्थ, जुत्ता, बोईलर कुखुरा लगायतका सामान आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्