इनिसा विककाे सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष,प्रहरी प्रतिवेदनपछि चार किशोरविरुद्ध औपचारिक मुद्दा दायर

सुर्खेत:सुर्खेतकी किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको निष्कर्षसहित चार किशोरविरुद्ध मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार जिल्ला अदालत सुर्खेतमा जन्मकैद सजाय माग गर्दै अभियोग दायर गरेका हुन्।

पक्राउ परेका सबै आरोपी १८ वर्षभन्दा कम उमेरका भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन। अनुसन्धानअनुसार चारै जना घटनास्थलमा उपस्थित रहेको, घटनास्थलबाट एउटा प्रयोग गरिएको र तीनवटा प्रयोग नगरिएका कन्डम फेला परेको तथा उद्धारको प्रयास भएको प्रमाण नदेखिएको अभियोगपत्रमा उल्लेख छ। मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सबैलाई समान रूपमा दोषी ठहर गर्दै अभियोजन गरिएको हो।

गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा इनिसा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। घटनापछि प्रहरीले चार युवकलाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये एकजनाले इनिसासँग प्रेम सम्बन्ध रहेको र सहमतिमा शारीरिक सम्बन्ध राख्दा अत्यधिक रक्तस्राव भई उनी बेहोस भएको दाबी गरेका छन्। उनले इनिसा बेहोस भएपछि अरूलाई सहयोगका लागि बोलाएको बयान दिएका छन्। तर, अभियोगपत्रमा उद्धार गरिएको पुष्टि हुने कुनै ठोस आधार नदेखिएको उल्लेख गरिएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार