दुर्गम क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारीमा

सुदूरपश्चिम र दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा ‘स्ट्यान्डबाइ’मा राख्ने सरकारको योजना

काठमाडौं — सङ्घीय सरकारले देशका दुर्गम र पहाडी क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नयाँ कदम चाल्ने भएको छ। सरकारले तय गरेको १०० कार्यसूचीभित्र एयर एम्बुलेन्स सेवा ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्ने योजना समावेश गरिएको छ।

योजनाअनुसार, सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालको पहाडी क्षेत्रमा दुर्घटना वा आकस्मिक अवस्थामा रहेका बिरामीलाई तुरुन्त उद्धार गर्न एयर एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।

सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सरकारी र निजी अस्पतालहरूले कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था पनि कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। निःशुल्क सेवाको पारदर्शिता सुनिश्चित गर्न ‘फ्री हेल्थ पोर्टल’ ३० दिनभित्र देशभर सञ्चालनमा ल्याइनेछ।

त्यसैगरी, बिरामीको उपचार इतिहास, रिफरल प्रक्रिया, क्लिनिकल फलोअप लगायत व्यवस्थापनका लागि तीन महिनाभित्र डिजिटल ‘पेसियन्ट रेकर्ड सिस्टम’ पनि लागू गरिनेछ। निजी अस्पतालमा अनावश्यक रिफरल रोक्न स्पष्ट र व्यवस्थित रिफर प्रोटोकल लागू गर्ने योजना छ।

यसका साथै जलन (बर्न) का बिरामीका लागि प्रदेशस्तरमा सुविधा अभावलाई ध्यानमा राख्दै, ३० दिनभित्र प्रदेश अस्पतालहरूमा ‘बर्न वार्ड’ स्थापना गर्ने प्रक्रिया अघि बढाइनेछ।

सरकारको यो योजना कार्यान्वयन भएपछि, दुर्गम क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवा अझै सहज र प्रभावकारी हुने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार