काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग्दै सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
बिजुलीबजार पुल नजिक झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारी सडकको बीच लेनमा गएपछि प्रहरीले साइड लगाउने क्रममा विवाद भएपछि झडप भएको हो ।प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि लाठीचार्च गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्