काठमाडौं : गृहमन्त्री सुधन गुरुङले मनसुन पूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सवै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन् । सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन तथा अन्य तयारीका बारेमा जानकारी गराएका थिए ।
मनसुन आउनु भन्दा पहिले नै आवश्यक तयारी गरे धनजनको क्षति न्यूनिकरण गर्न सकिने भएकाले अहिलेदेखि नै तयारी गर्न आफूले निर्देशन दिएको गृहमन्त्री गुरुङले बताए । उनले नेपाल प्राकृतिक बिपद्को जोखिम राष्ट्र भएकाले पनि सवै मिलेर जोखिम न्यूनिकरण गर्नुपर्नेमा जोड दिए । पाठ्यक्रममा नै समावेश गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा प्रदान गर्नका लागि पनि काम भइरहेको उनको भनाइ छ ।
आफू १० बर्ष अघिदेखि नै विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरेको भन्दै मन्त्री गुरुङले अहिले आफू हैसियत बनाएर नै काम गर्ने ठाँउमा आएको प्रतिक्रिया दिए । अब कुनै पनि नागरिकले प्राकृतिक बिपद्बाट ज्यान गुमाउन नपर्ने गरी तयारी हुनुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्