लामिछाने मुद्दा संशोधन विवादमा बहस सकियो, सर्वोच्चमा निर्णयको प्रतीक्षा

१५ चैत, काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा संशोधन विवादमा सर्वोच्च अदालतमा भएको बहस सकिएको छ।

न्यायाधीश विनोद शर्माअब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त मुद्दामा प्रारम्भमा लामिछाने पक्षका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस प्रस्तुत गरेका थिए। त्यसपछि निवेदक पक्षबाट जवाफी बहस गरिएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बहस सकिएपछि न्यायाधीशहरू अहिले छलफलमा रहेका छन्।

यस प्रकरणको जडमा निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णय छ। उनले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देहीका जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न सम्बन्धित सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका **युवराज पौडेल ‘सफल’**ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि, पुस ३० गते भण्डारीले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा मात्र अघि बढाउन निर्देशन दिएकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार