“ओलीलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट दायर”

काठमाडौं: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न उनका पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। रिटमा दाबी गरिएको छ कि ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको छ।

यस रिटमाथि बहस सोमबार हुने भनिएको छ।

उल्लेखनीय छ कि जेनजी आन्दोलनको समयमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई चैत १४ गते शनिवार पक्राउ गरिएको थियो।

एमालेले यस गिरफ्तारीलाई गैरकानुनी र पूर्वाग्रही भएको आरोप लगाउँदै राजनीतिक तथा कानुनी दुवै तरिकाले प्रतिवाद गर्ने निर्णय गरेको छ। पक्राउपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार