काठमाडौँ — साताकाे पहिलाे काराेबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ७१.०५ अंकले घटेको छ । नेप्से २ दशमलव ४० प्रतिशतले घटेपछि २ हजार ८ सय ७९ दशमलव ११ विन्दुमा ओर्लिएको हो ।
कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्यो, २५५ कम्पनीको घट्यो भने १ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारमा आएका सबै उपसमूहहरू घट्यो । सबैभन्दा बढी जीवन बिमा ३००.५०, निर्जीवन बिमा २६४.६५, विकास बैंक १८४.१० अंकले घट्यो ।
कुल १ लाख ९६ हजार १५८ पटकको सेयर खरिदबिक्रीमा ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ३ करोड ३३ लाख रूपैयाँको कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिड्ज लाइन इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।युनिक नेपाल लघुवित्तको ६.१७, हिमालयन बैंक लिमिटेढ बन्ड २०८६ को ५.६२ प्रतिशतले मूल्य घट्यो ।




प्रतिक्रिया दिनुहोस्