ओलीको स्वास्थ्यमा देखिएका ६ वटा समस्याबारे अस्पतालले गरायो जानकारी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे त्रिभुव शिक्षण अस्पतालले विज्ञप्ति जारी गरेको छ ।

मुटुको धड्कन बढेपछि भर्ना भएका ओलीको चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको भन्दै अस्पतालले उनको स्वास्थ्यमा ६ वटा समस्या देखिएको जानकारी दिएको छ ।

मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म , एट्रियल फिब्रिलेसन र कोलेलिथियासिस देखिएको अस्पतालले जानकारी पत्रमा उल्लेख गरेको छ ।

शनिबार पक्राउ परेका ओली स्वास्थ्य अवस्थाका कारण त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भएका थिए । हाल उनी एनेक्स १ को बेड नं. ५०१ मा चिकित्सकहरूको निगरानी तथा उपचारमा रहेकाे स्पताल जनाएकाे छ ।

OLI health condition

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार