लाओस गइसकेपछि नेपाली फुटबल टोली घोषणा, अन्जन विष्ट अटेनन्

१५ चैत, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओस विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल शनिबार लाओस प्रस्थान गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि एन्फाले सुटुक्क नेपाली टोलीलाई लाओस पठाएको थियो ।

शनिबारसम्म नेपालको अन्तिम टोली घोषणा गरिएको थिएन ।

लाओस गएपछि मात्रै एन्फाले आफ्नो फेसबुक पेजमा आइतबार बिहान नेपाली टोली घोषणा गरेको छ ।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा घोषित टोलीमा नेपालक लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्ट भने अटाएनन् ।

नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको डेब्यु खेलको रुपमा रहेको लाओस विरुद्धको खेलका लागि घोषित टोलीमा पाँच नयाँ अनुहार समेटिएका छन् ।

जसमा गोलकिपर योगेश धिमाल, मिडफिल्डर पेम्बा दोर्जे लामा र मिलन राई तथा फरवार्ड युवराज खड्का र रोमन भुजेल समावेश भएका छन् ।

योगेश र रोमनले राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेडबाट खेलेका थिए यस्तै मिलन चर्च ब्वाइज र युवराज एपीएफका खेलाडी हुन् ।

एसियन कप छनोट अन्तर्गत नेपालले लाओस विरुद्धको खेल होम ग्राउण्डमा खेल्नुपर्ने थियो । तर पछिल्लो समय नेपालको दशरथ रंगशाला अयोग्ष बनेपछि अन्तर्राष्ट्रिय खेलहरु भएको छैन ।

त्यसमाथि अहिले खेलकुदको कार्यकारी निकाय राखेपले नै एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको अहिलेको अवस्था नै अन्योल बनेको छ ।

एसियन कप छनोटमा समूह एफमा रहेको नेपाल यसअघि नै एसियन कप पुग्ने होडबाट बाहिरिसकेको छ । यसअघि खेलेको पाँचै खेलमा नेपाल पराजित भएको थियो । तर मलेसियाले अयोग्य खेल खेलाएको भन्दै एएफसीले कारवाही गर्दै मलेसियाको नतिजा उल्टाएपछि नेपालले ३ अंक भने पाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार