मन्त्रीहरुलाई पुल्चोकको पुरानै क्वाटरमा बसाल्ने तयारी, न्यायाधीशहरु छलफलमा

काठमाडौँ — सरकारले नवनियुक्त मन्त्रीहरुलाई पुल्चोकस्थित क्वाटरमा व्यवस्थापन गर्न सरसफाइ थालेपछि त्यहाँ बसिरहेका केही न्यायाधीशहरु ‘बसाइँ सर्ने’ कि त्यहीँ बस्ने भन्ने बारे छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार मन्त्री र न्यायाधीश एकै ठाउँमा बस्न अप्ठारो हुने भएकाले के गर्ने भन्ने विषयमा आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशसँग सल्लाह हुने अनि निर्णय लिने अर्का एक न्यायाधीशले बताए । 

हाल पुल्चोकमा मुख्य रजिष्ट्रार विमल पौडेलसहित १३ न्यायाधीश बस्दै आएका थिए । तर बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बने लगत्तै सरसफाइ सुरु भएपछि न्यायाधीशहरु नैतिक संकटमा परेका छन् । 

एउटै कम्पाउण्डभित्रको क्वाटरमा कतै न्यायाधीशहरु बस्ने र कतै मन्त्रीहरु रहने कुराले सकारात्मक सन्देश नदिने र अनावश्यक विवाद सार्वजनिक हुन सक्नुका साथै न्यायसम्पादनमा असर पर्नसक्ने भन्दै उनीहरुले विकल्ल्पका बारेका छलफल गर्न लागेका हुन् । 

तर, हालसम्म सरकारका तर्फवाट औपचारिक रुपमा कुनै कुरा जानकारी नगराइएकाले के भन्नेकुरा छलफलमै रहेको सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडलले बताए । यता सहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण तथा व्यवस्थापन विभागका प्राविधिक चक्रवर्ती कण्ठले प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार सरसफाइ गरिएको जानकारी दिए । हाल तीन वटा खाली रहेकाले ती क्वाटरहरुको सरसफाइ र सामान्य मर्मत गरिरहेको उनले बताए । 

ads/samsung-s26-desk-2032026113308.jpg

ललितपुरको भैंसेपाटीमा सुविधासम्पन्न मन्त्री निवास बनेपछि पुल्चोक निवासबाट मन्त्रीहरु भैंसेपाटी सरेका थिए । पुल्चोकको निवासमा भने न्यायाधीशका लागि दिइएको थियो । 

जेन–जी आन्दोलनका बेला भएको आगजनीले ललितपुरको भैंसेपाटीस्थित नवनिर्मित मन्त्रीनिवास क्षतिग्रस्त बनेको छ । त्यहाँ रक्षामन्त्री बसेको बाहेक सबै घर बस्न नमिल्नेगरी क्षतिग्रस्त भएको थियो ।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका सबै मन्त्रीहरुले आ–आफ्नो निवासलाई नै मन्त्रीक्वाटर बनाएका थिए । अहिले पुल्चोकस्थित क्वाटरमा रहेकामध्ये पाँच छ वटा घर मर्मत र रंगरोगन चलिरहेकोले बसाइँ सर्ने कि भनेर केही न्यायाधीशहरुले आपसमा छलफल पनि गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार