आज कांग्रेसले सांसदहरूलाई अभिमुखीकरण गराउँदै

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्ने भएको छ । कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन ‘संसदीय सचेतना’ कार्यक्रम गर्न लागेको हो ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम राखिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

उनले शनिबार बिहान ११ बजे पार्टी ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूका लागि कार्यक्रम सुरू हुने पनि जानकारी दिए ।

सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल र महामन्त्रीद्वय प्रदीप पौडेल, गुरूराज घिमिरेले सांसदहरूलाई ‘संसदीय सचेतना’ बारे प्रशिक्षण दिने छन् ।

यस्तै संसदीय मामिलाका जानकार राधेश्याम खतिवडा र मुकुन्द शर्मालाई ‘संसदीय सचेतना’ कार्यक्रमका लागि विज्ञका रूपमा आमन्त्रण गरिएको पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।

प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले (११ चैत) प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार