प्रधानमन्त्री शाहलाई पाकिस्तानी समकक्षी शरिफले दिए बधाई

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानी समकक्षी शहबाज शरिफले बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत प्रधानमन्त्री शरिफले राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो जितपछि शाहले प्रधानमन्त्रीको पद सम्हालेकोमा बधाई व्यक्त गरेका हुन् । 

उनले नेपालसँग पाकिस्तानको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।

I congratulate H.E @ShahBalen on assuming office as the Prime Minister of Nepal after a landslide victory of Rashtriya Swantatra Party.
Pakistan deeply values its longstanding and friendly relations with Nepal and looks forward to working closely with Your Excellency to further…— Shehbaz Sharif (@CMShehbaz) March 27, 2026

साथै, क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्य हासिल गर्न दुवै देशबीच नजिकबाट काम गर्न तयार रहेको सन्देश दिएका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको अत्यधिक जितपछि नेपालका प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकोमा म महामहिम बालेन्द्र शाहलाई बधाई दिन्छु,’ उलने सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च मूल्य दिन्छ र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्य अघि बढाउन तपाईंको नेतृत्वसँग नजिकबाट काम गर्न उत्सुक छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार