नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत शुक्रबार ओलीले नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ ओलीले लेखेका छन् ।
शुक्रबार प्रधानमन्त्री बालेनको शपथ समारोहमा भने ओली उपस्थित भएका थिएनन् ।
पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र खिलराज रेग्मी भने उपस्थित भएका थिए ।




प्रतिक्रिया दिनुहोस्