‘टिम बालेन’ को सम्भावित मन्त्रिपरिषद् सूची सार्वजनिक, सामाजिक सञ्जालमा व्यापक चर्चा

काठमाडौँमा ‘टिम बालेन’ को सम्भावित मन्त्रिपरिषद् सूचीले यतिबेला सामाजिक सञ्जाल तताएको छ। बालेन शाह नेतृत्वमा बन्ने भनिएको यो टिमको सूची अनौपचारिक रूपमा बाहिरिएसँगै राजनीतिक वृत्तमा चर्चा चुलिएको हो।

भाइरल भएको सूची हेर्दा परम्परागत अनुहारभन्दा फरक, युवा र प्राविधिक पृष्ठभूमिका व्यक्तिलाई प्राथमिकता दिइएको झल्किन्छ। अर्थ मन्त्रालयमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल र गृहमा सुदन गुरुङ राख्ने प्रस्ताव गरिएको उल्लेख छ।

यस्तै, प्रशासनतर्फ प्रतिभा रावल, पर्यटनमा गणेश पौडेल, उद्योगमा अमरेश सिंह र भौतिक पूर्वाधारमा सुनिल लम्साल लाई जिम्मेवारी दिने गरी सूची तयार पारिएको देखिन्छ।

कृषिमा गीता चौधरी, शिक्षामा सस्मित पोखरेल, स्वास्थ्यमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सीता वादी लाई समेटिएको उल्लेख छ।

त्यसैगरी, कानुनमा सोबिता गौतम, ऊर्जामा विराजभक्त श्रेष्ठ, सञ्चारमा विक्रम तिमिल्सिना र श्रम मन्त्रालयमा दिपक साह लाई राख्ने प्रस्ताव गरिएको छ।

यो सूची आधिकारिक भने होइन, तर सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। विश्लेषकहरूका अनुसार यस्तो प्रकारको सूची सार्वजनिक हुनु आफैंमा वैकल्पिक नेतृत्वप्रति बढ्दो जनचासोको संकेत मानिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार