गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रहरी अधिकारीमाथि कारबाही सिफारिस

धनगढी – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले राजनीतिक नेतृत्व र उच्च पदस्थ व्यक्तिहरूलाई समेत फौजदारी कसुरमा कारबाही गर्न सुझाव दिएको छ।

विशेषगरी नेपाल प्रहरीका डिआइजी ओमबहादुर राना, काठमाडौं जिल्ला प्रहरी परिसरका तत्कालीन प्रमुख विश्व अधिकारी, उपत्यका प्रहरीका तत्कालीन एसएसपी दीपशमशेर जबरा, र प्रहरी उपरीक्षक ऋषिराम कँडेलमाथि कारबाही गर्न सिफारिस गरिएको छ। आयोगले उनीहरूको कर्तव्य पालनामा कमजोरी देखिएको ठहर गर्दै प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ अनुसार कारबाही गर्न सरकारलाई सुझाव दिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार