काठमाडौँमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक अपराह्न वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने तय भएको छ।
सहमहामन्त्री विपिन आचार्य का अनुसार, प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेपछि बैठक सञ्चालन गरिनेछ। सो बैठकले वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेताका रूपमा चयन गर्ने एजेन्डा राखेको छ।
स्मरणीय छ, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी अभियान अघि बढाएको थियो।




प्रतिक्रिया दिनुहोस्