एबीसीका दुई हजारभन्दा बढी पत्रकार हडतालमा, प्रसारण सेवा प्रभावित

काठमाडौँ — अस्ट्रेलियाको सार्वजनिक प्रसारण संस्था अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का दुई हजारभन्दा बढी कर्मचारी बुधबारदेखि २४ घण्टे हडतालमा उत्रिएका छन् । हडतालका कारण एबीसीका टेलिभिजन, रेडियो र डिजिटल सेवाहरू प्रभावित भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार विगत दुई दशकयताकै पहिलो पटक भएको यस हडतालले एबीसीको नियमित समाचार प्रसारण नै अवरुद्ध भएको छ । नियमित समाचार बुलेटिन तथा लोकप्रिय कार्यक्रमहरूको सट्टा ‘बीबीसी वर्ल्ड सर्भिस’ का सामग्री र पुराना कार्यक्रमहरू प्रसारण गरिएको छ । हडतालका कारण एबीसीका प्रमुख कार्यक्रम ‘न्यूज ब्रेकफास्ट’, ‘७ पीएम न्यूज’ र ‘७.३०’ सहित रेडियोका सबै समाचार बुलेटिन प्रभावित बनेका छन् ।

किन भयो हडताल ?

कर्मचारीहरूले न्यून तलब वृद्धि, रोजगारी सुरक्षा र पत्रकारको ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग हुन सक्ने सम्भावनाविरुद्ध विरोध जनाउँदै हडताल गरेका हुन् । ‘मिडिया, इन्टरटेनमेन्ट एन्ड आर्टस् एलायन्स’ (एमईएए) र ‘कम्युनिटी एन्ड पब्लिक सेक्टर युनियन’ (सीपीएसयू) को आह्वानमा आन्दोलन गरिएको हो ।

व्यवस्थापनले तीन वर्षमा १० प्रतिशत तलब वृद्धिको प्रस्ताव अघि सारेको थियो । तर महँगीको तुलनामा अपर्याप्त रहेको भन्दै दुवै युनियनले हडताल सुरु गरेको हो । उनीहरूका अनुसार बढ्दो जीवनयापन खर्चका बीच पत्रकार तथा कर्मचारीहरू आर्थिक दबाबमा परेका छन् ।

सिड्नीस्थित मुख्यालयबाहिर आयोजित प्रदर्शनमा बोल्दै रेडियो नेसनलकी प्रस्तोता फ्रान केलीले भनिन्, ‘धेरै सहकर्मीहरू सिड्नीमा बस्न नसकेर टाढाका सहरमा सर्न बाध्य छन्, किनकि यहाँको महँगी धान्ने गरी तलब बढेको छैन । दशकौँदेखि एउटै तलब संरचनामा काम गरिरहनु न्यायसंगत होइन ।’

यता एबीसीका प्रबन्ध निर्देशक ह्यू मार्क्सले भने कर्मचारीका मागप्रति कडा अडान लिएका छन् । उनले जागिर असुरक्षित भएको दाबीलाई खण्डन गर्दै ९० प्रतिशतभन्दा बढी कर्मचारी स्थायी रहेको र उनीहरूको औसत कार्यकाल १० वर्षभन्दा बढी रहेको बताएका छन् । ‘तलबमा थप वृद्धि गर्दा बजेटमा चाप पर्छ, जसले रोजगारी कटौतीको अवस्था निम्त्याउन सक्छ,’ उनले भ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार