राप्रपा केन्द्रीय सदस्य परियारको पार्टी परित्याग

काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्टि फेरि सतहमा आएको छ। पार्टीका केन्द्रीय सदस्य ऋषिबाबु परियारले पद मात्र होइन, साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्।

परियारले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गर्दै राप्रपाले उठाउने एजेन्डा र व्यवहारबीच ठूलो अन्तर रहेको आरोप लगाएका छन्। उनका अनुसार पार्टीले राजसंस्थाको पक्षमा बोल्ने गरे पनि त्यसअनुसारको आचरण नदेखाएको र दलित समुदायका मुद्दाप्रति गम्भीर नदेखिएको कारण आफू बाहिरिन बाध्य भएको हो।

उनले समानुपातिक प्रतिनिधित्वमा पनि दलित समुदायलाई बेवास्ता गरिएको गुनासो गरेका छन्। चार सिटमध्ये कम्तीमा एक सिट दलितका लागि छुट्याउन सकिने अवस्था हुँदाहुँदै पनि त्यसो नगरेको उनको आरोप छ।

यसका साथै, परियारले पार्टीभित्र स्पष्ट राजनीतिक दिशा र वैचारिक स्थिरता अभाव रहेको पनि बताएका छन्। राजसंस्थालाई केवल राजनीतिक साधनका रूपमा प्रयोग गरिएको, पुनर्स्थापनाको आन्दोलनलाई प्रभावकारी ढंगले अघि बढाउन नसकिएको तथा पार्टीभित्र इमानदार कार्यकर्ता र नेतामाथि विभेदपूर्ण व्यवहार भएको उनको भनाइ छ।

परियार पार्टीमा केन्द्रीय सदस्य, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय निर्देशन समिति सदस्य तथा उत्पीडित दलित संगठनका वरिष्ठ नेताको रूपमा सक्रिय थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार