कैलालीमा खैरो हिरोइनसहित तीन युवक पक्राउ

धनगढीमा लागूऔषध कारोबारविरुद्ध प्रहरीले सक्रियता बढाएको छ। यही क्रममा कैलाली जिल्लाबाट तीन जना युवक खैरो हिरोइनसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ परागीपुरका ३० वर्षीय प्रकाश भण्डारी, २६ वर्षीय प्रकाश वडुवाल र २८ वर्षीय प्रविन भण्डारी रहेका छन्। उनीहरूलाई मंगलबार साँझ भजनी नगरपालिका–५ पृथ्वीपुर क्षेत्रमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भजनी र पृथ्वीपुरबाट संयुक्त टोली खटिएको थियो। भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई बा ९५ प ४६९४ नम्बरको मोटरसाइकलमा जाँच गर्दा २ ग्राम ७० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो।

लागूऔषधसहित मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ भने पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार