काठमाडौँमा आज एक महत्वपूर्ण राजनीतिक कार्यक्रम हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेका छन्। शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजेका लागि निर्धारण गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उक्त निर्वाचनमा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिक प्रणालीमार्फत ११० जना सांसद निर्वाचित भएका थिए।
नेपाली काँग्रेसका नेता केसी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्। ज्येष्ठ सदस्यको हैसियतमा उनले आगामी चैत १२ गते बिहीबार प्रतिनिधिसभाका अन्य निर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरेका छन्।




प्रतिक्रिया दिनुहोस्