सुशासनका लागि नयाँ सरकारसँग सहकार्य गर्न कांग्रेस तयार

काठमाडौंमा :आयोजित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाले सुशासन र शासकीय सुधारका लागि बन्ने नयाँ सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका छन्।

सानेपास्थित केन्द्रीय कार्यालयमा बोल्दै उनले २०४५ सालदेखि यता सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्नुपर्ने कांग्रेसको प्रमुख एजेन्डा हुने उल्लेख गरे। साथै, भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन उच्चस्तरीय छानबिन संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव पनि नयाँ सरकारसमक्ष राखिने उनले बताए।

थापाले नागरिकहरूमा सुशासनप्रति ठूलो अपेक्षा रहेको भन्दै भ्रष्टाचारका मुद्दालाई राजनीतिक स्वार्थअनुसार मात्र उठाउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए। विगत ३५ वर्षमा शासकीय शक्तिको दुरुपयोगसँग सम्बन्धित विभिन्न घटनाहरू सार्वजनिक भइरहेकाले ती सबैमा कानुनी प्रक्रियाअनुसार निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।

त्यसैगरी, उनले आगामी पाँच वर्ष नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार