काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक यही चैत १२ गते दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय गरिएको छ।
यसअघि सोही दिन अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ कार्यक्रम तय भएकाले त्यसपछि दलको नेता चयनबारे छलफल गर्ने तयारी गरिएको हो। बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा सञ्चालन हुनेछ।
पार्टी प्रवक्ता मनिष झाले सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको जानकारी दिएका छन्। बैठकमा संसदीय दलको नेता चयनसँगै अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै उल्लेख्य उपस्थिति जनाएको छ।




प्रतिक्रिया दिनुहोस्