धनगढी उपमहानगरपालिका को निर्देशन: अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न चेतावनी

धनगढी उपमहानगरपालिका को निर्देशन: अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न चेतावनी

धनगढी -धनगढी उपमहानगरपालिका ले संस्थागत (निजी) विद्यालयहरूलाई लक्षित गर्दै महत्वपूर्ण निर्देशन जारी गरेको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले विद्यालयहरूले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरूमा अनावश्यक आर्थिक भार परेको गुनासो व्यापक रूपमा आएको उल्लेख गरेको छ।

जारी सूचनाअनुसार अब कुनै पनि संस्थागत विद्यालयले उपमहानगरपालिकाको पूर्व स्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारिएको छ। नगरपालिकाले विद्यालयहरूलाई प्रचलित नियम र मापदण्ड पालना गर्न कडाइका साथ निर्देशन दिएको छ।

सूचनामा भनिएको छ : यदि कुनै विद्यालयले अनुमति नलिई पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ। यस कदमले अभिभावकलाई अनावश्यक आर्थिक भारबाट जोगाउने र शिक्षामा पारदर्शिता तथा स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाले सबै विद्यालयहरूलाई जिम्मेवार र उत्तरदायी ढंगले कार्य गर्न आग्रह गर्दै निर्देशनको पालना गर्न समेत अनुरोध गरेको छ। साथै, यस विषयमा नगर प्रमुख र उपप्रमुखलाई समेत जानकारी गराइएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार