कैलाली – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह ‘मनु’ र पूर्व मन्त्री प्रेम आले बीच ५७ जना कांग्रेसीले पैसा खाएको भन्ने दाबीबारे विवाद चुलिएको छ।
प्रेम आलेले आज बिहान संञ्चारकर्मी दिपक उपाध्याय नेपालसंग टेलीफोनमा कुरा गर्दै आफूले उक्त विषयमा कुनै पनि लिस्ट सार्वजनिक नगरेको स्पष्ट पार्दै आफ्नो नाम जोडेर अनावश्यक रूपमा बदनाम गर्न खोजिएको आरोप लगाएका छन्। उनले सार्वजनिक रूपमा आएको अभिव्यक्तिलाई सच्याउन माग गर्दै, त्यसो नगरिएमा कानुनी उपचारमा जाने चेतावनी समेत दिएका छन्।
यसबीच, कांग्रेसी नेता तथा कार्यकर्ताहरुले भने ५७ जना कांग्रेसीसँग सम्बन्धित भनिएको विषयको वास्तविकता के हो भन्ने स्पष्ट हुनुपर्ने बताउँदै आएका छन् । दुवै पक्षका आ–आफ्ना दाबी सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यस विषयले चर्चा पाएको छ।
हालसम्म सम्बन्धित पक्षबाट आधिकारिक लिस्ट वा प्रमाण सार्वजनिक नभएकाले विवादको सत्यतथ्यबारे स्पष्टता आउन बाँकी रहेको देखिन्छ।




प्रतिक्रिया दिनुहोस्