चुनावमा प्रयोग भएको हेलिकोप्टर १६ दिनदेखि डोल्पामै ग्राउन्डेड

डोल्पा — हिमाली जिल्ला डोल्पामा निर्वाचनका बेला प्रयोग भएको श्री एयरको ‘९एन–एडीडी’ कल साइन भएको हेलिकोप्टर जुफाल विमानस्थलमै ग्राउन्डेड भएको छ।

हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि १६ दिनदेखि जुफाल विमानस्थलमै ग्राउन्डेड भएको हो ।

२१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनका क्रममा उपल्लो डोल्पामा कर्मचारी,सुरक्षाकर्मी तथा मतपेटिका ओसारपसार गर्न डोल्पा पुगेको उक्त हेलिकोप्टर  उडानयोग्य नभएपछि विमानस्थलमै रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुफालले जनाएको छ ।

कार्यालय प्रमुख राहुल मिश्रका अनुसार प्राविधिक गडबडी देखिएपछि २४ फागुनदेखि हेलिकोप्टर  जुफालमै रोकिएको छ । निर्वाचनका बेला उपल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी ढुवानीका लागि श्री एयरका दुई वटा हेलिकोप्टर  प्रयोग गरिएको थियो। 

तीमध्ये एउटा हेलिकप्टर त्यतिबेला नै फर्किसकेको थियो भने  एउटा हेलिकोप्टर  जुफालमै थन्किएको हो । मर्मतकालागि प्राविधिक टोली केही दिनमा आउने बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार