डोटी – डोटीको के.आई.सिंह गाउँपालिका–६ का प्रकाश जैशीले नेकपा माओवादी केन्द्रसँगको आफ्नो सम्पूर्ण आबद्धता अन्त्य गरेका छन्। सोमबार जारी प्रेस विज्ञप्तिमार्फत उनले पार्टीको विभिन्न कमिटी तथा वाईसीएल नेपालका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदै आएको भए पनि पछिल्लो समय आफ्ना विचार र पार्टीको नीतिबीच पूर्ण मेल हुन नसकेको बताएका छन्।
जैशीले गम्भीर सोचविचारपछि २०८२ चैत ८ गतेदेखि लागू हुने गरी पार्टी छाड्ने निर्णय लिएको स्पष्ट पारे। उनले यो निर्णय कुनै व्यक्ति वा समूहप्रति असन्तुष्टिका कारण नभई वैचारिक स्वतन्त्रता र आफ्नै मार्ग पहिचान गर्ने उद्देश्यले गरिएको उल्लेख गरेका छन्।
अब स्वतन्त्र रूपमा आफ्नो विचार र अनुभवका आधारमा देश र समाजका लागि योगदान दिने उनले बताएका छन्। साथै, आफ्नो राजनीतिक यात्रामा साथ र सहयोग गर्ने सबै साथीहरू तथा डोटेली आमा-बुवा, दाजुभाइ र दिदीबहिनीप्रति उनले आभार व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्