मौसमविदहरु पर्दा पछाडिको हिरो : मन्त्री सिन्हा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविदहरु ‘पर्दा पछाडिको हिरो’ भएको बताएका छन् ।

विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले सो कुरा बताएका हुन् ।

फागुन २१ को निर्वाचनमा मौसमले साथ दिँदैन कि भन्ने प्रश्न उठिरहेका बेला मौसमविदहरुले मौसमले असर गर्दैन भनेको आधारमा सरकारले देशभर एकैचरणमा निर्वाचन सम्पन्न गर्न सकेको उनले बताए । सरकारको यो सफलतामा मौसमविदहरुले पर्दा पछाडिबाट भूमिका खेलेको बताउँदै मन्त्री सिन्हाले भने, ‘वास्तवमा तपाईंहरु पर्दा पछाडिको हिरो हुनुहुन्छ ।’

अन्तर्राष्ट्रिय सहकार्य र अनुसन्धान लाई अघि बढाउँदै मौसम सम्बन्धी सेवालाई प्रभावकारी रुपमा आम नागरिकसम्म पुर्‍याउन सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले मौसम पूर्वानुमान सम्बन्धी सूचना र जानकारी स्थानीय भाषामा पनि सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

आफूले ३४ वर्ष कानुनको क्षेत्रमा बिताएको बताउँदै मन्त्री सिन्हाले जल तथा मौसम विज्ञान विभागलाई आइपर्ने कानुनी अप्ठ्यारा फुकाउन आफू सधैं प्रतिबद्ध रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार