भट्टको निधनमा सुजाता कोइरालाको भावुक श्रद्धाञ्जली, छत्र भट्टको साहसको प्रशंसा

ललितपुर – नेपाली कांग्रेसकी नेतृ सुजता कोईरालाले पदम बहादुर भट्टको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। सोमबार जारी गरिएको शोक सन्देशमा उनले भट्टलाई नेपालको बहुदलीय लोकतन्त्रका एक सच्चा योद्धाका रूपमा स्मरण गरेकी छन्।

कोइरालाले स्वर्गीय भट्टले लोकतान्त्रिक मूल्य र मान्यताका लागि जीवनभर समर्पित भई समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेकी छन्। उनले भट्टको जीवन इमान्दारिता, सेवा र प्रतिबद्धताको उत्कृष्ट उदाहरण भएको बताएकी छन्।

शोक सन्देशमा वि.पी कोईराला र गिरीजा प्रसाद कोईरलासँग भट्टको निकट सम्बन्ध रहेको पनि स्मरण गरिएको छ।

त्यस्तै, भट्टका छोरा छत्र भट्टप्रति समवेदना व्यक्त गर्दै कोइरालाले हालै सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा देखाएको साहस र दृढताको प्रशंसा गरेकी छन्। कठिन परिस्थितिका बीच पनि उनले देखाएको धैर्यता र संघर्षशीलता सराहनीय रहेको उनको भनाइ छ।

कोइरालाले भट्टको योगदान सधैं प्रेरणाको स्रोत रहने उल्लेख गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन्। उनले राष्ट्र र समाजका लागि निरन्तर योगदान गर्न आग्रहसमेत गरेकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार