काठमाडौँ — रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई ३–२ ले पराजित गर्दै शीर्षमा रहेको बार्सिलोनासँगको दूरी चार अंकमा कायम राखेको छ ।
यो जितपछि रियलको ६९ भएको छ । बार्सिलोना ७३ अंकमा छ ।
म्याड्रिड डर्बीमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । यस्तै फेडरिको भाल्भारडेले पनि एक गोल थपे । तर उनी रातो कार्ड खाएर मैदान छाड्न बाध्य र रियल दस खेलाडीमा सीमित रह्यो ।
एटलेटिकोका तर्फबाट एडेमोला लुकमन र नहुल मोलिनाले एक एक गोल गरे । हारपछि एटलेटिको ५७ अंकमा चौथो स्थानमा रह्यो । भिल्लारियल भने ५८ अंकमा तेस्रो स्थानमै कायम रह्यो ।




प्रतिक्रिया दिनुहोस्