घण्टीमा भोट हाल्ने सदस्यलाई नेकपाले खोजीखोजी कारबाही गर्ने !


काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गतेको चुनावमा घण्टी चिह्नमा भोट हाल्ने नेता–कार्यकर्तालाई कारबाही गरिने जनाएको छ । बिहीबार (चैत ५) पेरिसडाँडामा बसेको जनवर्गाीय संगठनको बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका त्यस्ता सदस्यलाई खोजीखोजी कारबाही गरिने बताएका हुन् ।

प्रचण्डले भने, “कोकोले भोट हालेन ? केन्द्रीय सदस्यमध्ये प्रदेश सदस्य, तपाईंहरूको जनवर्गीय संगठनको केन्द्रीय नेताहरू को कुन क्षेत्रमा गएनन् ? कसले भोट हालेनन्, कसले घण्टीमा भोट हाले ? त्यो रिपोर्ट दिनैपर्‍यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन ।”

केन्द्रीय सदस्यबाट कारबाहीबाट थालिने उनले बताए । नेकपाको ५० प्रतिशत भोट घण्टीमा गयो भन्ने रिपोर्ट प्राप्त भएको उनले सुनाए ।

घण्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न हो । नेकपाको चुनाव चिह्न पाँचकुने तारा हो ।

“हामीले भनेका छौँ– कसले भोट हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो,” उनले भने, “नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार