देउवा–कोइराला पक्षद्वारा छुट्टै केन्द्रीय समिति बैठक बोलाउने निर्णय

काठमाडौँ: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला पक्षले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेका छन्।

आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूको सहभागिता रहेको थियो। उक्त बैठकले केन्द्रीय कार्यसमिति बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको नेता मीन विश्वकर्मा ले जानकारी दिए।

उनका अनुसार बैठकको मिति आपसी समझदारीमा छिट्टै तय गरिनेछ। साथै पार्टीको आगामी कार्यदिशाबारे पनि छलफल गरिनेछ।

देउवा–कोइराला पक्षको यो निर्णयले कांग्रेसभित्रको विवाद अझ चर्किने देखिएको छ। यसअघि विशेष महाधिवेशनमार्फत गगन थापा को नेतृत्वमा नयाँ समिति चयन गरिएको थियो। उक्त समितिलाई देउवा र कोइराला पक्षले अस्वीकार गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जुन हाल विचाराधीन छ।

निर्वाचन आयोगले भने थापा नेतृत्वलाई आधिकारिकता दिइसकेको छ। थापाकै नेतृत्वमा निर्वाचनमा गएको कांग्रेसले पराजय व्यहोरेको छ। अहिले थापा नेतृत्वको केन्द्रीय कार्यसमिति निर्वाचन समीक्षा बैठकमा व्यस्त रहेका बेला अर्को पक्षले छुट्टै बैठक बोलाउने निर्णय गरेको हो।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार