गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने निर्णय राष्ट्रपति कार्यालयमा होल्ड

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले होल्डमा राखेका छन् । 

चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यो जानकारी मन्त्रिपरिषद् बैठकपछि अर्यालले नै सञ्चारकर्मीहरूलाई दिएका थिए । 

मन्त्रिपरिषद्को निर्णय सिफारिस चैत ३ गते नै राष्ट्रपति कार्यालयमा पुगे पनि राष्ट्रपति पौडेलले निर्णय गरेका छैनन् ।

राष्ट्रपति निकट स्रोतले त्यो निर्णय तत्कालका लागि होल्डमा रहेको जानकारी दियो । नयाँ सरकार आएपछि कन्सर्न बुझेर मात्रै यसबारे राष्ट्रपति पौडेलले निर्णय गर्ने त्यो स्रोतको दाबी छ । 

‘अन्तरिम सरकारका गृहमन्त्रीलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने मन्त्रिपरिषद्को सिफारिस अहिले राष्ट्रपतिज्यूले होल्डमा राख्नुभएको छ,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘एउटै पार्टीको सहज बहुमतको सरकार बन्ने भएकाले नयाँ सरकार बनेपछि सरकारको कन्सर्न लिएर मात्रै नियुक्तिको निर्णय गर्ने उहाँले आफ्नो सचिवालय र निकटस्थहरूलाई अनौपचारिक रूपमा बताउनुभएको छ ।’  

गृहमन्त्री रहेकै बेलामा अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भएको थियो । अर्यालको राष्ट्रिय सभा सदस्यमा सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार