चितवन, चैत ५-
नेकपा नेतृ रेनु दाहालले प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छन । उनले चैत ५ गते जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएकी हुन्। चितवन–३ बाट निर्वाचन लडेकी दाहालले निर्वाचन प्रतिनिधि अधिवक्ता गोपिलाल देवकोटा मार्फत बुझाइएको विवरणमा १४ लाख ६६ हजार ७ सय रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ।
निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिले ३१ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था रहेको छ। दाहालले त्यो भन्दा निकै कम रकम खर्च भएको विवरण पेस गरेकी हुन्। उनले मनोनयन दर्ता ५ हजार, प्रचारप्रसार सामग्री १ लाख १३ हजार ५ सय, मतदाता अनुशिक्षणमा ९० हजार, मतदान प्रतिनिधि अनुशिक्षणमा १ लाख ३० हजार, नमुना मतपत्र घोषणा छपाइमा १ लाख ३६ हजार,झण्डा व्यानर पमप्लेट १ लाख ४१ हजार, वडा स्तरीय प्रचारप्रसारमा २ लाख ८० हजार, सवारी साधानमा ३ लाख , संचार माध्याम तथा माइकिङमा २ लाख १८ हजार र विविधमा ५३ हजार २ सय रुपैंया खर्च भएको विवरण पेस गरेकी छिन्। यसअघि यसै क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की नेतृ सोबिता गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण बुझाएकी थिइन ।




प्रतिक्रिया दिनुहोस्