धनगढी : कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म खक्रौलामा कार्यरत कमाण्डरबाहेकका कर्मचारी तानिएका छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार डीएसपी प्रदीप पौडेलबाहेकका कर्मचारीलाई हिजो जिल्ला तान्ने निर्णय भएको हो।
स्रोतले बताएअनुसार एक स्थानीय व्यापारीले तस्करीको सामान ल्याएकोमा बरामद गर्दा लफडा भएको थियो। सो लफडा र हुलहुज्जत नियन्त्रणमा कमजोरी भएको भन्दै उनीहरुमाथि कारबाहीस्वरुप जिल्ला तानिएको हो। तर स्रोतले क-कसलाई तानिएको भन्नेबारे विस्तृत खुलाएन।
यस्तै डीएसपीको कमजोर कमान्डका विषयमा भने सशस्त्रको मुख्यालयले निर्णय गर्ने जनाइएको छ। डीएसपीले तस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरिरहेको भएपनी व्यापारीहरुले भने आफूलाई दु:ख दिएको आरोप लगाएका छन्। भन्सार तिरेर काम गर्दा पनि अनावश्यक हैरानी दिएको उनीहरूको आरोप छ।




प्रतिक्रिया दिनुहोस्