५ चैत, काठमाडौं । जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेटको उपाधि जित्न नेपाल पुलिस क्लबले २२७ रनको लक्ष्य पाएको छ । तेस्रो तथा अन्तिम दिनको खेल जारी रहँदा त्रिभुवन आर्मी क्लबले पुलिसलाई २२७ रनको लक्ष्य दिएको हो ।
मुलपानी क्रिकेट मैदानमा जारी फाइनल खेलको पहिलो इनिन्समा दुवै टिमले समान २२१ रन बनाएका थिए । दोस्रो इनिन्समा आर्मीले ७४ ओभर २ बल खेल्दै २२६ रन बनाएको हो ।
आर्मीका लागि आकाश चन्दले सर्वाधिक ३७ रन बनाए । कुशल मल्ल ३६, शाहव आलम ३३, भीम सार्की ३२, तिर्थराज दास २०, इम्रान शेख १६, कप्तान विनोद भण्डारी १२, नरेन साउद २ रनमा आउट हुँदा सोमपाल कामी २३ रनमा अविजित रहे ।
बलिङमा पुलिसका सागर ढकालले ४, ललित राजवंशी र करण केसीले समान ३ विकेट लिए ।
जवाफी ब्याटिङ थालेको पुलिसले २५ रन जोड्दा एक विकेट गुमाएको छ । पुलिसका ओपनर अमित श्रेष्ठ कुनै पनि रन नजोडी आउट भए ।
ओपनर दिनेश खरेल ११ र रसिद खान १० रनमा अविजित छन् । बलिङमा आमीृका आकाश चन्दले एक विकेट लिएका छन् ।




प्रतिक्रिया दिनुहोस्