प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरी पुरस्कृत भएका छन्।
आइजिपी दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन्।
पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरूमा पनि सकारात्मक प्रभाव पर्ने भन्दै आइजिपी कार्कीले पुरस्कृत गर्ने निर्णय गरेका थिए।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्वक रूपमा सम्पन्न भएको थियो।
पुरस्कृत हुनेमा नेपाल प्रहरीका केन्द्रीय निर्वाचन सेल प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की पुरस्कृत भएका छन्।
डिआइजीहरू अरूण पौडेल, गोविन्द थपलिया, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, ओमबहादुर राना र भुपेन्द्र खत्रीलाई प्रहरी नियमावली अनुसार नगद पुरस्कार प्रदान गरिएको हो।
त्यस्तै एसएसपी मुकुन्द मरासिनी, कृष्णबहादुर पल्ली मगर, जनार्दन जिसी, सन्तोषकुमार भट्टराई, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी र सुवासचन्द्र बोहरा पुरस्कृत भएका हुन्।
ज्ञवाली र बोहरा केन्द्रीय निर्वाचन सेलमा बसेर सुरक्षा चुनौतिको विश्लेषणमा खटिएका थिए।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाकी बसुन्धरा खड्कासहित १९ जना एसपी पनि पुरस्कृत भएका छन्।




प्रतिक्रिया दिनुहोस्