काठमाडौँ । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ।
न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि सुरू भएको सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।
यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को इजलासले नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्, जसविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका हुन्। https://nepalnews.com/2026/03/19/hearing-continues-at-the-supreme-court-on-the-decision-to-withdraw-rabi-lamichhanes-case///




प्रतिक्रिया दिनुहोस्