संसद्‌मा विपक्षी नै नरहोस् भन्ने सोच गलत : मिनेन्द्र रिजाल

काठमाडौँ– नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद्‌मा विपक्षी नै नहोस् भन्ने सोच गलत भएको बताएका छन् । 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् । 

आज रास्वपाले आयोजना गरेको नवनिर्वाचित सांसदको अभिमुखीकरण कार्यक्रममा पार्टीका उपसभापति डिपी अर्यालले आगामी संसद् विपक्षी दलबिहीन बनाउने धारणा राखेका थिए । 

नेता रिजालले लोकतन्त्रमा सशक्त विपक्षीको भूमिका अपरिहार्य हुने भएकाले त्यस्तो सोच लोकतान्त्रिक अभ्याससँग मेल नखाने बताए ।

उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति टिप्पणी गर्दै भने,‘सरकारले राम्रो काम गरोस् भन्ने सबैको चाहना हुनु स्वाभाविक भए पनि “सरकार राम्रो चलोस् तर विपक्षी नै नरहोस्” भन्ने सोच गलत हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार