रास्वपाको अभिमुखीकरण सुरु: लामिछानेसहित शीर्ष नेतादेखि विज्ञसम्म प्रशिक्षक

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सञ्चालन भइरहेको कार्यक्रममा पार्टीका शीर्ष नेतादेखि विषयविज्ञसम्मले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ।

अभिमुखीकरणमा पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरू प्रशिक्षकका रूपमा रहेका छन्। साथै, विभिन्न क्षेत्रका आमन्त्रित विज्ञहरूले पनि प्रशिक्षण दिनेछन्।

कार्यक्रमको सुरुवात आज बिहान ९ बजे उपसभापति अर्याल र वाग्लेले गरेका हुन्। पहिलो दिनको सत्रमा संसदका पूर्व सचिव सुरेश अधिकारी ले संसदको संरचना र कार्यप्रणालीबारे जानकारी गराउनेछन् भने पूर्वकानून सचिव तोयानाथ अधिकारी ले कानून निर्माण प्रक्रियामा संसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्।

त्यसैगरी, अध्येता दोभान राई ले डिजिटल युगमा नागरिकसँग प्रभावकारी संवाद कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम छ। आजैको सत्रमा सांसदहरूलाई समूहमा विभाजन गरी पारस्परिक चिनजान तथा समूहगत कार्यकौशल विकाससम्बन्धी अभ्यास पनि गराइनेछ।

उपसभापति डा. वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे विशेष प्रशिक्षण दिनेछन्। उनी वाचापत्र लेखन समितिका संयोजकसमेत रहेका थिए।

पहिलो दिनको अन्त्यतिर सांसदहरू मनिष झा, शिशिर खनाल, गणेश पराजुली, सोविता गौतम र डा. तोसिमा कार्की लगायतले आफ्नो अनुभव साझा गर्ने कार्यक्रम छ।

भोलि बिहानको सत्र योग तथा ध्यानबाट सुरु हुनेछ, जहाँ जीवन विज्ञानका प्रशिक्षक एलपी भानु शर्मा ले योग, ध्यान र स्वस्थ जीवनशैलीबारे प्रशिक्षण दिनेछन्। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वसचिव तोयानारायण ज्ञवाली ले योजना तर्जुमा र बजेट निर्माणबारे प्रशिक्षण दिनेछन्।

यस्तै, पार्टी र संसदबीचको सम्बन्धबारे महामन्त्री बुर्लाकोटीले प्रशिक्षण दिनेछन् भने संसदीय कार्यसूची र प्राथमिकता निर्धारणबारे सामूहिक छलफल पनि गराइनेछ।

अभिमुखीकरण कार्यक्रमको समापन सभापति लामिछानेको निर्देशनसहित गरिनेछ। कार्यक्रममा भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन्द्र शाहको भूमिकाबारे भने कुनै जानकारी दिइएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार