कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवती र दुई जना पुरुष पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवती र दुई जना पुरुष पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टरबाट ६ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बेदकोट नगरपालिका–४ बस्ने ३२ वर्षकी अनिता बोहरा पक्राउ परेकी हुन्। बोहरालाई सोमबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यसैगरी बेलौरी नगरपालिका–६ हात्तिबोझका ४० वर्षीय सुरेश बडायक ३१० मिलिग्राम र बेलौरी नगरपालिका–८ पचुईका ३४ वर्षीय हरिकिशन राना ३ ग्राम ३८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन्।

यी दुबै जनाले आफ्नै घरभित्र लागूऔषधको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुको घरकोठा खानतलासी लागूऔषध खैरो हेरोईन फेला पारी लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी पचुई, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति पक्राउ गरेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार