विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल चालिसेबाट ५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबर बैंक जमानत दिए लिई उनलाई तारेखाम राखी प्रस्तुत मुद्दा पूर्पक्ष गर्नू,’ आदेशमा भनिएको छ।
उनी २०७९ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए।
नगर प्रमुख हुँदा गैरकानुनी तरिकाले रकम आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २८ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
बिगो दाबी गर्दा अख्तियारले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ कायम गरेको थियो।
तत्काल प्राप्त भएका प्रमाणबाट चालिसेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने नदेखिएको भन्दै अदालतले उनीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको हो।
चालिसेले गैरकानुनी रकम आम्दानी नगरेको भन्दै अदालतमा इन्कारी बयान समेत दिएका छन्।




प्रतिक्रिया दिनुहोस्